ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष–    टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ ।

वृष–    गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला ।

Advertisement

मिथुन–    अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला, अनावश्यक यात्राको योग छ ।

कर्कट–    श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ ।

सिंह–    दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ ।

कन्या–    बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ ।

तुला–    पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ ।

वृश्चिक–    धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ ।

धनु–    काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला ।

मकर–    काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला ।

कुम्भ–    तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ ।

मीन–    अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!