संगालोखबर संवाददाता

काठमाडौं, २० बैशाख। ‘लोकतन्त्र र शान्तिका लागि मिडिया : इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित आज २६ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदैछ । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि यो दिवस मनाँइन लागेको हो ।

Advertisement

प्रत्येक वर्ष मे ३ का दिन संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि आजै मनाँइन लागिएको हो । दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र युनेस्कोले युएनडिपी र निर्वाचन आयोगसँगको सहकार्यमा प्रेस स्वतन्त्रता सम्मेलनको आयोजना गरेका छन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले दिवसको अवसरमा शुभकामना दिँदै २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी देवानी संहिता, फौजदारी संहिता सम्बन्धी ऐनका विभिन्न दफाले प्रेसलाई संकुचित बनाएको भन्दै राज्यको प्रतिबद्धता अझै पुरा हुन नसकेको औंल्याएका छन्। नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement