काठमाडौँ, १९ बैशाख। कुखुरालगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लु (एच फाइभ एन वान) बाट ज्यान गएको हो ।

गत चैत १० मा ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो। उनको श्वासप्रश्वासमा समस्या देखिएर गएको चैत १५ गते नै ज्यान गएको थियो।बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लु भएको भन्ने पुष्टि भएको हो।

नेपालमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। मृतकको नाम भने खुलाइएको छैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!