
सिरहा, १३ वैशाख । सिरहामा एक महिलालाई जिउँदै जलाएर हत्या प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीया कञ्चन मण्डललाई पति र सासुले जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।
कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ ।
कञ्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहान करिब ११ बजे घरायसी विवादमा कञ्चनलाई जिउमा आगो लगाएर जलाइएको हो ।
उनको शरीरको ५० प्रतिशत भाग जलेको छ। श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन र मण्डल फरार भएका छन् । सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।















