काठमाण्डौं, १३ बैशाख । जल तथा मौसम पूर्वानूमान महाशाखाले शुक्रबारदेखि आइतबारसम्म देशका पूर्वी तथा पहाडी र तराईका जिल्लामा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
हेर्नुहोस् आगामी तीन दिनको मौसम..
बैशाख १३ गते (शुक्रबार) :
दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा तथा मध्य र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको संभावना रहेको छ।
राति: देशको पहाडी भू-भागमा आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १४ गते (शनिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति:देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
बैशाख १५ गते (आइतबार):
दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी भूभागको थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |