काठमाडौं, ८ बैशाख । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिब्युरो सदस्य तथा पूर्व कमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन् ।

Advertisement

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । उद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन् ।

नेताहरुको वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनीसमेत महासचिव विप्लवलाई दिएको पाटीए निकट स्रोतले बतायो । यो समाचार रामकृष्ण अधिकारीले अन्नपूर्णमा लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!