काठमाडौं । बालबालिकामा बढ्दो नकारात्मक प्रवृतिमाथि नियन्त्रणमा ल्याउन सरकारले पब्जीमाथि प्रतिबन्ध लगाएको छ । एक्कासि ‘पब्जी’ माथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरु अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल, प्रवीण सुवेदी, विकास थापा र कानूनका विद्यार्थी विनय रिमालले आम नेपाली जनताको संविधान प्रदत्त धारा १६(१), १७ (२)(क), १८, १९ र ३९ बमोजिमको मौलिक हक हनन् भएको भन्दै पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Advertisement

सरकारको निर्णयले विभिन्न प्रयोगकर्ताले पाउने अभिव्यक्ति तथा विचारको स्वतन्त्रतामा अपुरणीय क्षति उनीहरुको दाबी छ, भने इन्टरनेट लगायतका माध्यममा अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानूनविना स्वेच्छाचारी ढंगले बन्देज नलगाउन परमादेशको मागसमेत गरेका छन् ।

बालबालिकाहरुमा नकारात्मक असर परेको भन्दै अभिभावकहरुबाट आएको गुनासोका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले गत चैत २८ गतेदेखि लागू हुने गरी ‘पब्जी!मा प्रतिबन्ध लगाएको थियो ।

उनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, जिल्ला अदालत–बबरमहल, महानगरीय अपराध महाशाखा– टेकु र नेपाल दूरसञ्चार प्राधिकरणविरुद्ध उजुरी दायर गरेका हुन् ।

उनीहरुले ‘पब्जी’ अनलाइन गेम बन्द गराउन भएको सबै निर्णय तथा पत्राचार लगायतका काम कारवाहीबाट आफूहरु लगायतका सर्वसाधारण जनता विषेशतः युवा तथा बालबालिकाहरुको नेपालको संविधान बमोजिमको मौलिक हकमा परेको अनुचित असर परेको बताएका छन् ।

सरकारले पब्जीमाथि लगाएको प्रतिबन्ध पछि देशभर मिश्रित प्रतिक्रिया आएको थियो र आउने क्रम पनि जारी छ । अधिकांश अभिभावकहरु पब्जीमाथि प्रतिबन्ध लगाएकोमा सुखी देखिएका छन् भने युवा तथा विद्यार्थी वर्गमा भने चर्को असन्तुष्टि देखिएको थियो ।

के हो पब्जी गेम ?
पब्जी दक्षिण कोरियाको एक कम्पनीले विकसित गरेको एउटा एप हो । यो अनलाइनमा गेम हो, जहाँ यसलाई ‘प्लेयर अननोन बैटलग्राउन्ड’ अथवा छोटकरीमा यो एक अनलाइन मल्टिप्लेयर गेम भनिन्छ । यसमा सबैलाई एक साथ एक आइल्याण्डमा उतारिन्छ । यसपछि एकले अर्कालाई मार्छन । अन्तिमसम्ममा बाँच्नेलाई विजेता मानिन्छ ।

आइल्याण्डमा हतियार र गाडी सबै खोज्नुपर्ने हुन्छ । विस्तारै खेल अगाडि बढ्दै जाँदा आइल्याण्ड सानो हुँदै जान्छ र लुक्ने ठाउँ पनि कम हुँदै जान्छ । यो गेम २०१७ मा सुरु भएको हो । गत डिसेम्बरसम्म पब्जी २ सय मिलियन डाउनलोड भइसकेको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!