काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बिहीबारको खेलमा समेत नेपाली बलर सन्दीप लामिछाने सहभागी टिम दिल्ली क्यापिटल पराजित भएको छ।

टस हारेर ब्याटिङ गरेको दिल्लीले हैदरावादलाई आठ विकेटको क्षतिमा १३० रनको चुनौती दिएको थियो। यो चुनौती हैदरवादले नौ बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टाएको हो। आईपीएल १२ संस्करणमा हैदरावालको यो तेस्रो जित हो।

आजको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ३२ रन दिँदै एक विकेट मात्र लिए। दिल्लीको घरेलु मैदान फिरोज कोट्लामा भएको खेलमा दिल्लीले दिएको मध्यम लक्ष्य हैदरावादले सहजै भेट्टाएको हो।

हैदरावादको जितका लागि जोनी बेर्सस्टोले सर्वाधिक ४८ रन बनाए। उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।

हैदरावादविरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै ३२ रन खर्चिएर १ विकेट लिएका हुन्। दिल्लीका लागि कासिगो रबडा, अक्षर पट्टेल, राहुल टिबेट र इशान्त शर्माले एक–एक विकेट लिए।

दिल्लीका लागि कप्तान श्रेयस एयरले सर्वाधिक ४३ रन जोडे भने अक्षर पटेलले नटआउट २३ रन बाए। क्रिस मोरिसले १७ रन जोडे भने शिखर धवन १२ रनमा आउट हुँदा पृथ्वी शाले ११ बनाए। सुरुवाती ब्याट्सम्यान सस्तैमा समेटिदा दिल्लीको ब्याटिङ खराब बनेको थियो।

हैदरावादका लागि भावानीश्वर कुमार र मोहमद नाबी र सिद्धार्थ कउलले दुई दुई विकेट लिए भने राशिद खान र सन्दीप शर्माले एकएक विकेट लिए। यो जितसँगै हैदरवादले ६ अंक जोडेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!