काठमाडौँ, १२ चैत । पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।

Advertisement

काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्कनुभएको उहाँका सहयोगी प्रेम भट्टराईले जानकारी दिनुभयो । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

उहाँको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!