काठमाडौं । सोमबार मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो ।

बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ ।

मुग्लिनबाट खाना खाएर कुरिनटारतर्फ आउँदै गर्दा बस दुर्घटना भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!