तुलसीपुर, १० चैत । आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्रतिनिधिसभाकी सांसद शान्ता चौधरी सहभागी हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक समेत रहनु भएकी सांसद चाैधरी महेन्द्र मावि तुलसीपुर केन्द्रबाट परीक्षामा सहभागी हुनु भएकाे हाे ।

Advertisement

उहाँले सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना पनि व्यक्त गर्नुभएकाे छ । उहाँले फेसबुकमा लेख्नु भएकाे छ, ‘आजबाट सुरु हुने एसईई परीक्षामा सामेल हुन जाँदैछु । परीक्षाको तयारी गर्दै गर्दा मेरा आफन्तजन , शुभेच्छुक , शुभचिन्तक र मिडियाकर्मी मित्रहरूले मलाई जुन खालको उत्साह थपिरहनु भएको छ , ढाडस दिई रहनु भएको छ यसले मलाई थप हौसला मिलेको छ । हामी सम्पूर्ण परीक्षार्थीमा सफलताको शुभकामना व्यक्त गर्दछु ।

उहाँ एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद हुनुभएकाे छ । उहाँकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन्।

३८ वर्षीया सांसद चौधरीले खुला विद्यालय प्रणालीमा पढ्नु भएकाे हाे । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढ्नु भएपनि कक्षा १० मा भने नियमित विद्यालय जानु सक्नु भएन ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!