एजेन्सी । आ-आफ्नो राष्ट्रिय टोलीबाट खेलेका मेस्सी र रोनाल्डो दुवै गोलरहित रहेका छन् । विश्वकप पछि पहिलो पटक राष्ट्रका लागि खेलेका क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैले पहिलो खेलमा गोल गर्न नसकेका हुन् ।

Advertisement

९० मिनेटको पूरा खेल खेलेका लुवै जनाले गोल गर्न नसक्दा यूरो कप छनोट अन्तर्गत रोनाल्डोको पोर्चुगल युक्रेनसँग गोलरहित बराबरीमा सिमित रह्यो भने मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको अर्जेन्टिना भेनेजुएलासँग ३(१ ले पराजित भएको छ ।

विश्वकप अन्तर्गत अन्तिम १६ को खेल पराजित भएयता दुवै अर्जेन्टिनी मेस्सी र पोर्चुगेली रोनाल्डोले राष्ट्रका लागि अन्य खेल खेलेका थिएनन् । भेनेजुएला फिफा वरियतामा अर्जेन्टिना भन्दा २१ स्थान तल छ ।

भेनेजुएलाले सलोमन रोण्डोनको ६ मिनेटको गोल तथा जोन मुरिलोको ४४ औं मिनेटको गोलमा पहिलो हाफमा दुई गोलको अग्रता लियो । अर्जेन्टिनाका लागि लौटारो मार्टिनेजले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि हुवान फोयेथले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै जोसेफ मार्टिनेजले भेनेजुएलाको जित सुनिश्चित गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!