एजेन्सी । पूर्वी चीनस्थित एक केमिकल कम्पनीमा भएको बिस्फोटमा ४४ को ज्यान गएको छ भने ६ सय ४० घाइते भएको चीनियाँ मिडियाले बताएका छन् । यो बिस्फोट येनचंग शहरमा तियानजियाई केमिकलको एक संयन्त्रमा नेपाली समयानुसार बिहिबार बिहान ११ बजेर पाँच मिनेटमा भएको थियो ।

Advertisement

बिस्फोटपछि कारखानामा आगो फैलिएको थियो । यो कारखानामा मल ( फर्टिलाइजर ) बनाउने काम हुन्छ ।चीनको भूकम्प प्रशासनले बिस्फोटका बेला २.२ तीब्रताको भूकम्प आएको जनाएको छ ।

चीनियाँ सरकारी टिभीका अनुसार कारखानामा लागेको आगो शुक्रबार नियन्त्रणमा आएको छ । सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार करिब ६ सय ४० घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये ३२ को स्थिती गम्भीर छ ।

सोसल मिडियामा देखिएका तस्बिर अनुसार कारखानामा आगो लाग्नेबित्तिकै आकाश घुँवाले भरिएको थियो । थुप्रै मानिसहरु घाइते छन् र भवनलाई पनि क्षती पुगेको छ ।

स्थानीय मिडिया अनुसार बिस्फोट यति शक्तिशाली थियो कि कारखाना नजिकका भवन पनि यसको चपेटमा आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!