
एजेन्सी । मेस्सी र रोनाल्डोले राष्ट्रिय टोलीबाट खेल्ने भएका छन् । सन् २०१८ को रसिया विश्वकप पछि पहिलोपटक अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले आ-आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने निश्चित गरेका हुन् ।
मेस्सीले अर्जेन्टिनाबाट शुक्रबार भेनिज्युलाविरुद्ध म्याड्रिडमा मैत्रीपूर्ण खेल र रोनाल्डोले पोर्चुगलबाट यूरोप २०२० को छनोटमा यूक्रेनविरुद्ध लिस्वेनमा खेल्ने भएका छन् । ३१ वर्षिय मेस्सीले अर्जेन्टिनाबाट १ सय २८ खेल खेल्दै ६५ गोल गरेका छन् भने ३४ वर्षिय रोनाल्डोले पोर्चुगलबाट १५४ खेल खेल्दै ८५ गोल गरेका छन्।
दुबैले विश्वकपपछि ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए। पोर्चुगल रोनाल्डोबिना नेशन्स कपको सेमिफाइनलमा पुगेको छ।















