बैतडी, ५ चैत । जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् ।

Advertisement

शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी एसइईबाट वञ्चित हुने भएका हुन् । “छात्रभन्दा छात्रा परीक्षाबाट वञ्चित हुने गरेका छन्”, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भन्नुभयो, “छात्रा बिहे गरेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले परीक्षाबाट बढी वञ्चित हुन्छन् ।”

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!