चितवन, ४ चैत । पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!