कञ्चनपुर, १ चैत । जग्गा भूक्षय हुन नदिन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित टोटी नालामा रु ५० लाखको लागतमा तटबन्ध निर्माण शुरु गरिएको छ ।

Advertisement

सिँचाइ कार्यालयको सहयोगमा नालाको चार ठाउँमा तटबन्ध निर्माण शुरु गरिएको र तीे तटबन्ध २५० मिटर लामो र तीन मिटर उचाइको हुने वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो ।

तटबन्ध निर्माणका लागि एक हजार ७०० घनमिटर ढुङ्गा र ४५० वटा ग्याबिन जाली प्रयोग गरिने र यसबाट २३० भन्दाबढी परिवारको जग्गाको सुरक्षाका साथै नजिकै रहेको क्याम्पसको जग्गापनि संरक्षण हुने उहाँको भनाइ थियो ।

वर्षेनी नालामा वर्षात्का बेला आउने बाढीले जग्गा कटान गरी बगाउन थालेपछि रोकथामका लागि तटबन्ध निर्माणमा जोड दिइएको वडाध्यक्ष ऐरले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!