बुटवल, २८ फागुन । ‘म सुत्केरी भएको थाह पाउन साथ बाबा रिसाएर घर छाड्नु भयो । जम्मा डेढ कठ्ठा जमिन छ । खान पुग्दैन, सधै किनेर खाने हो । आमा संग पैसा छैन । लेवर काम गर्न जानु हुन्थ्यो । काँखमा एक बर्ष नपुगेकी बहिनी छ । मलाई ज्वरो आउने, रिङ्गाटा लाग्ने र सुनिने विरामले थला परेकी छु’– बर्दियामा १२ बर्ष उमेर नपुग्दै र बिवाह नहुँदै माईती मै सुत्केरी भएकी सविता नाम परिवर्तनले भनिन–‘मैले स्यार सुसार पाईन । ’
फागुन–७ गते बर्दिया गेरुव गाउँपालिका –४ खनकपुर स्थित ११ बर्ष १० महिना उमेर छँदा छोरी जन्माएकी सविता ( नाम परिवर्तन ) ले आफ्नो स्वास्थ्य अवस्था गम्भीर भएको बताएकी हुन । आफु १० बर्षकी हुँदा देखि नै जुम्लाको मालिकाफाँट गाउँपालिका घर भई बर्दियामा दिदीको घरमा बस्दै स्थानीय सरस्वती आधारभुत बिद्यालयमा आफु संगै पढ्ने १४ बर्षीय श्याम ( नाम परिवर्तन ) संग प्रेम सम्वन्ध बसेको र पछि उनि संगको शाररिक सम्पर्क पछि गर्भ रहन गएको उनले बताएकी छन ।
‘सुत्केरी भए देखि माछा मासु अण्डा मेरो पेटमा परेको छैन । आमाले गाली गरिरहनु हुन्छ ,उ पनि (श्याम) सानै छ लेवर काम गरेर मलाई पाल्न सक्दैनन । बिचार उ प्रति टिठ लाग्छ । उसकी आमा सानैमा मृत्यु भए पछि । उसको बाबुले अर्की ल्याएर एक्लो भए पछि यहाँ दिदीको घरमा आएको हो । मैले बच्चा जन्मिाए पछि उसलाई पनि दिदीले गाली गरेर घरमा खान बस्न दिन छाड्नु भयो । कहिले हाम्रोमा आउछ कहिले अरु कसैकोमा गएर खान्छ ’– उनले दुवै जनाको पिडा यसरी सुनाईन् ।
उनले थप पिडा सुनाउँदै थपिन–‘ धेरै पढ्ने मन थियो , हामी दुवै जनालाई यस्तो हुन्छ भन्ने थाह थिएन । अहिले सानैमा बच्चा जन्मिदा बाबु आमाको पनि हेलाँ भएँ, उसको घरमा जाउँ भने जमिन र घर वासको पनि अत्तोपत्तो छैन रे । हामी कहाँ जाउँ ? कसैले सहयोग गरे दुबैले कक्षा ७ को पढाई अगाडी बढाउने थियौं, नत्र ज्यान पाल्ने समेत हाम्रो उपाय नहुने भयो ।’
मंगलवार विहान उनकाे पीडाबारे स्थानीयले वडाका वडाध्क्ष बलबहादृुर चलाउनेको ध्यानकृष्ट गराएका थिए । उनीहरुले गाउँपालिकाको तर्फबाट प्रारिम्भक राहत उपलब्ध गराउने तर्फ सोच्नु भएको छैन ? भन्ने प्रश्नमा वडाध्यक्ष चलाउनेले भने–‘ हुन्छ म आज गाउँपालिकामा जान्छु र यो कुरा राख्ने छु । बर्दिया र यता बाँके जिल्लामा वालविवाह चुनौतीपुर्ण बन्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङक अनुसार गत ३ बर्षको अन्तरालमा सो जिल्लामा २५ जोडीले बालविवाह गरेका छन । यस चालु आर्थिक बर्षमा मात्रै १६ जोडीले बालविवाह गरेको त्यहाँका प्रहरी प्रमुख एसपी अरुण पौड्यालले बताएका छन । वर्दियाकी सविताले भने सन्तान जन्मे पनि उमेर नपुगी बिबाह नगर्ने बताईन् ।