
काठमाडौं, २८ फागुन । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट विराटनगरमा सुरु हुँदै छ ।
दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टाेलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेकाे पाँचाै साफ महिला च्याम्पियनसिप सुरु हुन लागेकाे हाे । याे खेल नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ ।
सार्कका आठ मुलुकमध्ये याे प्रतियोगितामा भने नेपालसहित ६ देशले मात्र सहभागिता जनाएका छन् । यस अघि ७ देशले सहभागिता जनाउने भनिएनि अन्तिम समयमा आएर पाकिूतानले सहभभगिता नजनाउने भएको थियो । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल पतियोगितामा नेपालसहित माल्दिभ्स, भुटान, भारत, श्रीलंका र बंगलादेशले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा जित हात पार्ने उच्च मनोबलका साथ विराटनगर पुगेको नेपाली राष्ट्रिय महिला टोलीले उद्घाटन तथा पहिलो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । उद्घाटन खेल विराटनगस्थित सहिद रंगशालामा दिउँसो ३ बजे सुरू हुनेछ ।
नेपालसहित बङ्गलादेश र भुटान समूह ‘ए’ रहेका टिम हुन भने भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा रहेका टिम हुन् । नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ ।
नेपालको सम्भावित टिम सेट
फर्मेसनः ४-४-२
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा
डिफेन्सः हिरा कुमारी भुजेल, पुनम जर्घामगर, अमृता जैशी, गिता राना, मनमाया लिम्बु
मिडफिल्डः अनिता बस्नेत, दिपा राइ, रेनुका नगरकोटी, मन्जलीकुमारी योञ्जन
स्ट्राइकरः निरू थापा, सावित्रा भण्डारी
न्यूज २४















