लमजुङ (बेँसीसहर) । सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ । केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो ।

बेँसीसहर–२, भकुण्डेस्थित अभिषेक किराना पसलबाट रु पाँच हजार ५००, रु तीन हजार ५०० बराबरको एनटिसी र एनसेलको रिचार्ड कार्ड, सूर्य चुरोट एक बन्डल र एउटा कोरियन झोला गरी करिब रु १२ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी बेँसीसहर–२ चालिसेस्थित राजेश अधिकारीको घरबाट आधा तोलाको सुनको जन्तर र चार तोला बराबरको चाँदीको सिक्री र पाउजु चोरी भएको छ । घरमा कोही नभएको मौका पारी ढोका फोरेर चोरी भएको बताइएको छ ।

त्यसैगरी बेँसीसहर–७ गैरीधारास्थित खड्क गुरुङको अनटेस्ट पल्सर बाइक चोरी भएको छ । घरमै राखिएको नयाँ मोटरसाइकल रातिको समयमा चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!