मेलम्ची, २६ फागुन २५ । चौतारा साँगाचोकगगढी नगरपालिका–९, लामाचौरमा साहसिक र रोमाञ्चकारी खेल प्याराग्लाइडिङ शुरु भएको छ । स्थानीयवासीको सक्रियतामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको शुरुआत गरिएको हो ।

Advertisement

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सदरमुकाम नजिकैबाट प्याराग्लाइडिङ सञ्चालन गरिएको हो । साविक कदमबास गाविस, लामाचौरका स्थानीयवासीको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ गठन गरी त्यसको शुभारम्भ गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई लामाचौरमा ल्याएर प्याराग्लाइडिङ खेलमा सहभागी गराइने सङ्घका सचिव मिलन तामाङले जानकारी दिनुभयो ।

प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयवासीसँग रु दुई हजारदेखि रु ५० हजारसम्म रकम सङ्कलन गरिएको थियो । स्थानीयवासीले पर्यटन विकासमा सक्रियता देखाएकाले स्थानीय तहले समेत सहयोग गर्न लागेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभयो । हिमाली दृश्यका साथमा पहाडी भूभाग, नदीनालाका कारण रोचक अनुभव गरेको पाइलट रोशन बस्नेतले बताउनुभयो । यसअघि जिल्लाको भोटेचौरमा प्याराग्लाइडिङको शुरुआत गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!