कञ्चनपुर, २४ फागुन । भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ ।

Advertisement

म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय राजेश थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!