राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिन गरिएको बताउनुभएको छ ।

Advertisement

यात्राको लागि सुदूरपश्चिम प्रदेश जाने क्रममा आज बाँकेको कोहलपुरमा आयोजित सभामा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्रमा उठाएका माग सम्बोधन गर्नुपर्नेमा जोड दिँदै हिन्दू राष्ट्रको पहिचानको समाप्ति र राजतन्त्रलाई पाखा लगाइए पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले पैसाको बलमा गाउँगाउँमा धर्म परिवर्तन गर्ने काम भइरहेको उल्लेख गर्दै सबै धर्मको सम्मानसहित हिन्दू राष्ट्रको पुनःस्थापना हुनुपर्नेमा जोड दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!