मनाङ। हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ ।

Advertisement

गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ ।

तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन् । झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले तालको शोभा घटाउनुका साथै तालको आकार साँघुरो पार्दै लगेको छ ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । यस्ता प्राकृतिक सम्पदाको जगेर्नामा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!