लहान, २४ फागुन । नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अति गरीब तथा विपन्न उपभोक्तालाई विद्युत् मिटर निःशुल्क वितरण गरेको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयको निर्देशनबमोजिम सिरहाको मिर्चैया नगरपालिका–२ मा २५ अतिबिपन्न गरीब घरपरिवारलाई विद्युत् मिटर निःशुल्क वितरण गरेको नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले जानकारी दिनुभयो ।

विद्युत् चुहावट नियन्त्रणका लागि सरकारले अतिविपन्न तथा सांस्कृतिक सम्पदालाई निःशुल्क मिटर वितरण योजना अघि सारेकोे प्रमुख यादवको भनाइ छ । गरीब परिवारले अहिले पनि मिटर जडान नगरी हुकिङबाटै बिजुली बाल्दा विद्युत् चुहावट भइरहेको अवस्थालाई मध्यनजर गरी आवश्यक भएको घरपरिवारलाई अध्ययन गरेर विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्ने लक्ष्य रहेको प्रमुख यादवले बताउनुभयो ।

यस्तै सिरहाको मिर्चैया नगरपालिका–२ मा विद्युत् प्राधिकरणको फ्यूज सेवा स्थापना गरिएको छ । नेपाल विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख ओमप्रकाश महतोले फ्यूज सेवा केन्द्रको उद्घाटन गर्नुभयो । फ्यूज सेवामार्फत तत्कालै विद्युत्को समान्य मर्मत, फ्यूज लगाउने र ग्राहकलाई भैपरी आउने समस्या समाधान गर्ने नेपाल विद्युत् प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख यादवले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!