काठमाडौं, २४ फागुन । कप्तान लियोनल मेस्सी रसिया विश्वकप २०१८ पछि पहिलोपटक अर्जेन्टिनाको टिममा परेका छन् ।

Advertisement

उनी भेनेजुएला र मोरक्कोविरुद्धको मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक ३१ खेलाडीको लिष्टमा पर्न सफल भएका हुन् । उनले यसअघि अर्जेन्टिनाको ६ वटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल गुमाएका थिए ।

विश्वकप २०१८ को प्रिक्वाटरफाइनल खेलमा फ्रान्ससँग खेलेपश्चात मेस्सी अहिलेसम्म अर्जेन्टिना टिममा परेका थिएनन् । ३१ वर्षीय मेस्सीले १२८ खेलमा आफ्नो देशका लागि ६५ गोल गर्दै कीर्तिमानी रेकर्ड राखेका छन् ।

त्यस्तै, एन्जेलो डी मारियालाई पनि बोलाइएको छ । मेस्सीजस्तै उनी पनि विश्वकपपछि पहिलोपटक टिममा परेका हुन् ।

मुख्य प्रशिक्षक लियोनल स्कलोनीले इरिक लमेला र पाउलो गजानिगालाई टिममा राखेका छैनन् । त्यस्तै, भेनेजुएला र मोरोक्कोसँगको खेलमा सर्जियो अगुएरो र गोञ्जालो हिगुइन भने उपस्थित हुने छैनन् ।

अर्जेन्टिनाले यही मार्च २३ तारिखमा भेनेजुएलासँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यस्तै, मार्च २६ तारिखमा अर्जेन्टिनाले मोरक्कोसँग खेल्नेछ ।

कोपा अमेरिका फुटबल यही जुन १४ देखि जुलाई सातसम्म ब्राजिलमा हुँदैछ । अर्जेन्टिना समूह बी मा परेको छ भने यो समूहमा अर्जेन्टिनासँगै कोलम्बिया, पाराग्वे र २०२२ को विश्वकप आयोजक राष्ट्र कतार रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!