भादगाउँ, २३ फागुन । भक्तपुर नगरपालिका गोलमढीमा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ आदर्शचोक बस्ने ४२ वर्षीय गोविन्दप्रसाद छुक्कालाई करेन्ट लागेर ज्यान गएको हो ।

Advertisement

प्रहरीका अनुसार भगोलमढीस्थित केशव कवाङको घरको माथिल्लो तल्लामा बिजुली मर्मतका क्रममा करेन्ट लागेर घाइते भई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएकामा उपचारकै क्रममा छुक्काको मृत्यु भएको हो । घटनाबारे थप अनुुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!