दमौली, २३ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ बाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जैमिनी नगरपालिका–८ का १८ वर्षीय रमेश पुन रहेको प्रहरीले जनाएको छ ।

Advertisement

आँबुखैरेनीचोकमा शङ्कास्पदरूपमा हिँडेका पुनको साथबाट प्रहरीले फेनरागन ५४, डाइजेपाम ५४ र नुफिन ५४ थान गरी १६२ थान लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ परेका निजविरुद्ध बुधबार तनहुँ अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!