एजेन्सी । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकले प्रयोगकर्ताका विवरणहरु दुरुपयोग गरेको बताएका छन् । उनले एउटा ब्लग लेख्दै पछिल्लो समय फेसबुकका धेरै प्रयोगकर्ताहरुको विवरणहरु दुरुपयोग भएका जनाएका हुन् ।

Advertisement

उनले आफ्नो सामाजिक सञ्जाललाई गोपनियतामा उच्च ध्यान दिने मञ्चू बनाउन चाहेको समेत बताएका छन्। जुकरबर्गका अनुसार फेसबुकले प्रयोगकर्ताका विवरणहरु अब लामो समयसम्म राख्ने छैन । यस्तो विवरणको भण्डार समेत कमजोर मानव अधिकार अवस्था भएको देशमा गरिने छैन।

बीबीसीको अनुसार यसले फेसबुकमाथि विभिन्न देशमा लागेका प्रतिबन्धहरु थप बढ्न सक्ने ठानिएको छ। स्पष्ट समयसीमा नखुलाइकनै जकरवर्गले उनकै शब्दमा आगामी केही वर्षमा त्यस्तो परिवर्तन देखिने बताए।

सन् २०१८ मा फेसबुकले झण्डै ५ करोड प्रयोगकर्ताका परिष्कृत विवरणहरु एक राजनीतिक परामर्शदाता कम्पनीलाई बेचेको थाहा भएसँगै यो कम्पनी विवादमा तानिएको थियो।

मिथ्या समाचारहरु फैलने ठाउँ समेत फेसबुक बनेको भन्दै उसको आलोचना हुने गरेको छ। उनले आफ्नो ब्लगमा ‘सुरक्षित र गोपनियताको ख्याल गर्ने सन्देश सेवाहरु नै सबैभन्दा लोकप्रिय हुनसक्ने’ बताएका थिए।

फेसबुकका सन्देस सेवाहरु म्यासेन्जर र ह्वाट्सएप समेत निकै धेरै प्रयोगकर्ता हुनेमध्येका हुन्।उनको भनाई छ, ‘फेसबुक र इन्स्टाग्रामले साथी, समुदाय र रुचिका मानिसहरुलाई डिजिटल रुपमै भए पनि एकै शहरमा जसरी राखेका छन्। तर अब मानिसहरुले आफ्नो कोठामा जत्तिकै गोपनियता पनि खोजिरहेका छन्।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!