कलैया। कुखुराको दाना बनाउने उद्योगमा काम गर्ने भारतीय मजदुरको आइतबार करेन्ट लागी घटनास्थलमा मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।
बारा जिल्ला सिमरा–जितपर उपमहानगरपालिका–८ स्थित कुखुरा दाना उद्योगमा मजदुरलाई खाना बनाउने ३५ वर्षीय दशरथप्रसाद यादवको खाना बनाउन पानी लिन जाँदा विद्युतीय तारमा अल्झी करेन्ट लागी घटनास्थलमै मृत्यु भएको हो ।