Sangalo Khabar

धनकुटा। सरकारी कार्यालयमा अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि धनकुटामा जिल्ला स्तरीय अवरोधमूक्त अभियान सञ्चालन गरिएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरुका लागि स्वालम्बन जीवनपद्धती केन्द्र काठमाण्डौं र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजना तथा अपाङ्ग सेवा संघ धनकुटाको ब्यवस्थापनमा अभियान सञ्चालन गरिएको हो ।

Advertisement

अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ कार्यान्वयनको माग गर्दै धनकुटाका अपाङ्गता भएका ब्यक्तिहरु अभियानमा निश्किएका थिए । उनीहरुले सरकारी कार्यालयमा पुगेर अपाङ्गतामैत्री भौतिक संरचना निर्माणका लागि सरकारी कार्यालयलाई अपिल गरेका छन ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला प्राबिधिक कार्यालय, धनकुटा नगरपालिकाको कार्यालय र महिला तथा बालबालिका कार्यालयमा अपिलपत्र बुझाईएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय सदस्य यमबहादुर बस्नेतले जानकारी दिएका छन ।

अपाङ्गतामैत्री भौतिक संरचना बनाउँन माग गर्दै धनकुटाका तीन दर्जन बढी अपांगता भएका ब्यक्तिहरु अभियानमा निश्किएका थिए । धनकुटामा केही बाहेक अधिकांस सरकारी कार्यालय भवन अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएका ब्यक्तिहरु सरकारी सेवा लिन समस्या झेल्दै आएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement