एजेन्सी । कोपा डेल रे फुटबल अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीच भएको खेलमा बार्सिलोनाको जित भएको छ । बिहिबार बिहान रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-०ले विजयी भएको हो ।

Advertisement

रेपफेल भरान बार्सिलोनाको जितमा लुइस स्वारेज र राफेल भारानले गोल गरे । बार्सिलोनाको जितमा स्वारेजले डबल गोल गरे ।पहिलो हाफ शुन्य स्थितीमा रहेको खेल जित्न बार्सिलोनाले ३ ओटै गोल दोस्रो हाफमा गर्याे ।

गोलरहित हाफ सकिएपछि दोस्रो हाफको पाचौँ मिनेटमा स्वारेजले सुरुवाती गोल गरे । बार्सिलोनाको दोस्रो अग्रताका लागि ६९ औँ मिनेटमा भारानले गोल गरे यासँगै दोब्बर अग्रता बनाएको बार्सिलोनाले अन्तिम तेस्रो विजयी गोल स्वारेजले नै ७३ औँ मिनेटमा गरे । दोस्रो हाफमा पनि गोलरहित रहेको रियलले बार्सिलोनाको ३ गोल खायो ।

बार्सिलोनाले यस जितसँगै लगातार छैटौंपटक फाइनल यात्रा तय गरेको छ । लगातार चार सिजन उपाधि जित्दै आएको बार्सिलोना लगातार पाँचौ उपाधि जित्ने दाउमा छ । फाइनलमा बार्सिलोनाले भ्यालेन्सिया र रियल बेटिसको खेलको विजेतासँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!