एजेन्सी । इटालियन सिरिए लिगको शीर्ष टोली युभेन्टसले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई १–० गोलले हरायो ।

Advertisement

बोलोग्नाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि पाउलो डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए । बोलोग्नाले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन ।

युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पनि गोल गर्न सकेनन् । यस जितसँगै युभेन्टसले लिगको शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । युभेन्टसले २५ खेलबाट ६९ अंक बनाएको छ ।

दोस्रो स्थानमा रहेको नापोलीको समा खेलबाट ५६ अंक छ । आइतबार रातिनै भएको खेलमा नापोलीले पर्मालाई ४–० गोलले हराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!