जुम्ला, १२ फागुन । तिला गाउँपालिका–३ स्यालालुम सेराका ३० वर्षीय मिथुन भट्टराईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

दिग्तेल नगरपालिका–४ खोटाङकी ३५ वर्षीया अमृता रायमाझीलाई बहुविवाह गरेको आरोपमा प्रहरीले काठमाडौँको नागढुङ्गामा पक्राउ गरी शनिबार जुम्ला ल्याएको हो ।

पीडित २८ वर्षीया पुष्पा भट्टराईले पतिले बहुविवाह गरेको आरोपमा गत माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सीताराम सिञ्जाले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!