एजेन्सी । वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् ।

Advertisement

अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्वीट मार्फत सार्वजनिक गरेको हो । ३९ बर्षीय गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए ।

गेलले आफु एउटा भूमिकाबाट मुक्त हुन चाहने बताएका छन् । उनले टोलीमा नयाँ खेलाडीलाई मौका दिन आफुले यस निर्णाय गर्न लागेको पनि खुलाएका छन् ।

बुधबारदेखि इङ्यान्ड विरुद्धको ५ एकदिवसिय सिरिजका लागि टोलीमा परेका गेलले करियरको अन्तिममा देशलाई विश्वकप जिताएर विदा हुन पाए आफ्ना लागि त्यो भन्दा खुशी केही नहुने पनि बताए ।

एकदिवयीय क्रिकेटमा १० हजार रनको नजिक पुगेका गेल यस लक्ष्यमा दुई सय ७३ रनले पछि छन् । एकदिवयीयमा दुई सय ८४ खेल खेलेका गेलले २३ शतक र ४९ अर्धशतक बनाएका छन् ।

जसमा उनको सर्वाधिक स्कोर दुई सय १५ रन छ । उनले सन् २०१५ मा जिम्बावेविरुद्ध उक्त रन बनाएका थिए । एकदिवसीयमा उनले एकसय ६५ विकेट लिएका छन् ।

पछिल्लो समय छोरो फरम्याटको क्रिकेटमा लोभिएका गेलको मुख्य ध्यान टी–२० र टी–१० तर्फ तानिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!