
काठमाडौँ, ६ फागुन । नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलोग्राम तस्करीको सुन बरामद गरेको छ । केहि दिनअघि मात्रै कञ्चनपुरमा झण्डै २४ किलोग्राम सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो ।
यो अवधीमा सुन तस्करीमा संलग्न १३० जना पक्राउ समेत परेका छन् । तर पक्राउ पर्नेमा अधिकाशं भरिया वा विदेशबाट स्वदेश फर्किने कामदार छन् । प्राय सुन तस्करीमा मालिक भने पक्राउ पर्दैनन् ।
प्रहरीले पछिल्लो १० महिनाकै अवधीमा ९९ किलोग्राम अवैध चाँदीसहित ३७ जनालाई पक्राउ गरेको छ ।















