कञ्चनपुर, ३ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन् ।

Advertisement

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् । घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ ।

घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैँसीको मृत्यु भएको छ ।
चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ पूरै जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!