हेटौँडा। हेटौँडा उपमहानगरपालिकाको हटियामा धान बालीमा लाग्ने घाँटी मरुवा रोगबाट धान बाली सखाप भएकाले स्थानीयवासी चिन्तित बनेका छन् । दुःख गरी लगाएको धान बालीमा घाँटी सुक्ने, कालो हुने र बोट मर्ने गर्न थालेपछि स्थानीयवासीको गुनासो पनि बढेको छ ।

Advertisement

स्थानीय किरण वाग्लेका अनुसार हटियाको छमुरे फाँटमा पाँच बिघा खेतमा लगाएको धानको बोट घाँटी मरुवा रोगको सङ्क्रमणले नष्ट भएको छ । उहाँले यो रोगबाट किसान मर्कामा परेको भन्दै कृषि प्राविधिक नै नभएको जस्तो भान भएको दुखेसो गर्नुभयो । वाग्लेका अनुसार त्यहाँस्थित सातजना किसानको खेतमा यस्तो समस्या देखिएको छ ।

यस्तो समस्या केही समयअघि देखिको हो । आफ्नो पनि १० कट्ठा खेतमा लगाएको धान सबै नष्ट भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘अब त यो खेतमा पाँच केजी धान पनि नआउँला जस्तो छ ।”, स्थानीयवासीको सल्लाह र औषधि बिक्रेताको सिफारिस अनुसारको औषधि प्रयोग गर्दा पनि समस्या समाधान नभएको वाग्लेको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!