भोजपुर, २८ माघ । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ ।

Advertisement

मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेमी भोजपुरले जनाएको छ । रेसमा आन्तरिकसँगै अन्य देशका धावकको पनि सहभागिता रहने जनाइएको छ ।

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेलक्षेत्रको विकास र विस्तारका लागि नीति नै बनाएर लाग्ने बताउनुभयो ।

मीरा राई आफ्नो गाउँपालिकामा जन्मेर विश्वसमक्ष देशको नाम चिनाउन सफल भएकाले मीराको नाममा बहुउद्देश्य रङ्गशालासँगै सामुदायिक भवनसमेत निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!