बैतडी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छ ।

Advertisement

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेको छ । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५÷५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो ।

उहाँका अनुसार दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५÷४५ जना, पञ्चेश्वर र शिवनाथ गाँउपालिकामा ३५÷३५ जना, सिगास गाउँपालिकामा ५० जना र डिलाशैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक÷एकजना प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्यसहित पाँचजना सदस्य निर्वाचत हुने छन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधिलाई चुन्नुपर्ने व्यवस्था छ । अल्पसङ्ख्यक, अपाङ्गता भएका र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी प्रत्येक गाउँसभाले दुई जना र नगरसभाले तीनजनालाई चुनिने व्यवस्था छ ।

कुल एक लाख २४ हजार ८२४ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!