दाङ । दाङ कारागारमा रहेका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

Advertisement

राप्ती आँखा अस्पताल रक्षाचौर दाङको सहयोगमा शनिवार आयोजना गरिएको आँखा परीक्षणमा २० जना महिलासहित एक सय २७ जना कैदीबन्दीले आँखा परीक्षण गराएको अस्पतालका अधिकृत शालिकराम गौतमले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई अस्पतालसम्म लैजान कठिनाई हुने भएकाले सहजताका लागि कारागारभित्रै आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको कारागार प्रशासनले जनाएको छ ।

आँखा परीक्षण गराएका कैदीबन्दीमध्ये २१ जनालाई चश्मा प्रयोग र पाँच जनाको आँखामा मोतिविन्दु देखिएको गौतमले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!