रबिन कटेल
वि.सं. २०७३ साल माघ २८ गते। शुक्रबार। इश्वी सन् २०१७ फेब्रुवरी १० तारिख। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, ७:२२ बजेदेखि पूर्णिमा ३०:१३ बजेउप्रान्त प्रतिपदा ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ 
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
पुरानो समस्याले केही झमेला निम्त्याए पनि बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। पारिवारिक भेटघाटको समय छ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशुबाट लाभ हुने समय छ। एकान्तमा मन रमाउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
ञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्ला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउन सक्छन्। आशा देखाउनेहरूबाटै धोका हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले नैतिक चुनौती निम्त्याउन सक्छ। शुभचिन्तकहरूले समेत परीक्षा लिन सक्छन्। तापनि नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
काममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
विभिन्न अवसर आए पनि मौकाको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटको अलमलले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउलान्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। अनुकूल स्थानान्तरणले फाइदा उठाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि तथा पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सहयोगीहरूको भर पर्दा दु:ख पाइनेछ। गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर जुटे पनि ठूलो उपलब्धिका लागि समय पर्खनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही बाध्यतामा अलमलिनुपर्ला। सामान्य विवादमा समेत परिने योग छ। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। हतियार तथा सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउन सक्छ। अवसर आए पनि काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। अधिकारका लागि अलि संघर्ष गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ला। तापनि, प्रयत्न गर्दा शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। पहिले गरिएका कामबाट लाभ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
स्रोत- नेपाली पात्रो 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement