डोटी, २० माघ । जिल्लाको सायल गाउँपालिका बस्ने ४३ वर्षीया नारु ऐरले शिशु जन्माउन नसक्दा उनको आज दिउँसो ज्यान गएको छ ।

Advertisement

पेटमै मृत्यु भएको शिशु निकाल्ने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ । घरमै रहेकी ऐरको पेट दुखेपछि उनलाई दिपायलस्थित अस्पतालमा ल्याइएको थियो । उपचारका क्रममा मृत शिशु निकालिएपछि ऐरको ज्यान गएको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!