काठमाडौँ, २० माघ । प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक २०७५ सहित राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरिएको छ ।

Advertisement

आजको दोस्रो बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको उक्त विधेयक टेबुल गर्नुभएको हो । दोस्रो बैठक १० मिनेटका लागि स्थगित गरिएको सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!