महोत्तरी, २० माघ । रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिवास कार्यालयले जनाएको छ । पक्राउ परेका नासु कार्की केही महीना अगाडि महोत्तरीस्थित मालपोत कार्यालयमा सरुवा भई आएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!