चरिकोट, १६ माघ ।  श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको गएराति जिल्ला कारागार दोलखामा मृत्यु भएको छ ।

Advertisement

कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो ।

श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो । पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मङ्गलबारमात्र अदालत पेश गरिएको थियो ।

अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!