सप्तरी, १६ माघ । यहाँ एक किशोरीको अर्धनग्न शव घरमै फेला परेपछि प्रहरीले हत्या आशङ्कामा उनका बुवालाई आज पक्राउ गरेको छ ।
बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ ।

Advertisement

मृतककी आमा समेत फरार रहेकाले घटना थप शङ्कास्पद भएको भन्दै उनको खोजतलाश भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार भित्रबाट चुकुल नलागेको कोठाको भित्ता छेउमा खाटमुनि लडेको शव अर्धनग्न अवस्थामा रहेको र मृत्तकको शरीरको केही भागमा चोटपटकका दागसमेत देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।

तुरन्तलालले हत्या गरेको अस्विकार गरे पनि सामान्य कुटपिट गरेको भने स्वीकारेका छन् । प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुवाले कुटपिट गरेको स्वीकारेका छन् ।
शव पोष्टमार्टमका लागि मंगलबार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र अन्य आवश्यक अनुसन्धानपछि सत्यतथ्य नजिक पुग्न सकिने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!