धनकुटा। धनकुटाको रुद्रवारी नजिक आज बिहान जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन । तेह्रथुमको म्याङलुङ्गबाट जन्ती लिएर झापाको दमक जाँदै गरेको को.१.ज २७९१ नम्बरको बोलेरो जिप बिहान करिव साँढे ८ बजे धनकुटा नगरपालिका–९ रुद्रवारी नजिक खुरिलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गंभीर घाईते भएका तेह्रथुम म्याङलुङ्गका ४५ बर्षीय नन्दलाल खत्री र ३० बर्षीय सन्तोष बस्नेतलाई उपचारका लागि धरान स्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ । तीन जना सामान्य घाईतेको मुलघाट स्थित स्वास्थ्य सस्थामा उपचार भईरहेको छ ।

Advertisement

ब्रेक फेल भएर जीप दुर्घटना भएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार जिप ब्रेक फेल भएपछि चालकले गंभीर दुर्घटनाबाट बचाउँन गाडीलाई भित्तामा लगेर ठोक्काएका हुन । बेहुला भने अर्को गाडीमा सवार रहेकाले दुर्घटनाबाट जोगिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!