संगालोखबर सम्वाददाता

धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य भीष्मराज आङदेम्बेले मुलुकको विकास र समृद्धी गर्न सक्ने पार्टी कांग्रेस मात्र भएको दावी गरेका छन ।

स्थानीय तह निर्वाचन लक्षित गरी कांग्रेसले धनकुटा नगरपालिका–७ स्थित चुवाको वोट चौकमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता आङदेम्बेले यस्तो बताएका हुन ।

Advertisement

जिल्लाको स्थानीय तहमा पनि कांग्रेसले समृद्धी र विकासको जग हाल्ने भएकाले चुनावमा कांग्रेसलाई भोट दिनका लागि उनले मतदातालाई आग्रह पनि गरेका छन ।

चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेता आङदेम्बे । तस्वीरः रबिन कटेल/संगालोखबर

कांग्रेसले संविधान बनाएर मुलुकलाई निकास दिएको दावी गर्दै नेता आङदेम्बेले विकास र समृद्धी पनि दिने भएकाले धनकुटा नगरपालिका लगायत सवै वडामा कांग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन ।

कार्यक्रममा कांग्रेस नेता एवं सांसद मनोहर नारायण श्रेष्ठ, नेता आनन्द सन्तोषी राई, पूर्व सभासद लिला सुब्बा, कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई, काग्रेसका तर्फबाट धनकुटा नगरमा मेयरका उम्मेदवार दिनेश राई, नगर सभापति रोशन श्रेष्ठ, धनकुटा–७ का सभापति सुनिल कुमार डंगोल लगायतले मन्तब्य राखेका थिए ।

चुवाको बोट चौकमा आयोजित कांग्रेसको चुनावी सभा । तस्वीरः रबिन कटेल/संगालोखबर

उनीहरुले कांग्रेसले बिजय प्राप्त गरेमा धनकुटा नगरपालिकाको प्रत्येक वडामा पक्की सडक, नमुना एकीकृत शहरी वस्ती, स्वास्थ्य सेवा र खानेपानी उपलब्ध गराउँने आश्वासन दिएका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!