काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले धरपकड गरेको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले आपत्ती जनाएको छ ।

Advertisement

चुनावको सुरक्षाका लागि भन्दै प्रहरीले बिभिन्न स्थानबाट विप्लवका कार्यकर्ताहरुलाई पक्राउ गर्दै आएको छ ।

चुनावमा भाग लिनु जस्तै बहिस्कार गर्नु पनि लोकतान्त्रिक अधिकार हो भन्दै वैद्यले सरकारले तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

‘यस प्रकारको अधिकारको उल्लंघन गरी बहिष्कार आन्दोलनमा संलग्न पार्टीका नेता कार्यकर्ताहरुप्रति उक्त प्रकारको व्यवहार गर्नु अत्यन्तै अलोकतान्त्रिक, निन्दनीय र तानाशाही प्रवृत्तिको प्रदर्शन गर्नु हो,’ अध्यक्ष वैद्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

वैद्यले नेकपाका नेता कार्यकर्ताहरुलाई धरपकड नगर्न र पक्राउ गरिएका तथा थुनामा राखिएका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई रिहाई गर्न सरकारसँग माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!